राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।

प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।

बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटेल व्यवसायी पनि हुन्।

प्रहरीका अनुसार गएराति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका छन्।

प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली काँग्रेसनिकट रहेको स्थानीय बताएका छन् ।

पेट्रोल छर्किएर कारको अगाडि र पछाडि लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस