तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी


१९ बैशाख २०७९, सोमबार


बुटवल । तिलोत्तमा नगरपालिकामा प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका उम्मेदवारलाई भोट माग्दै भाषण गरेको, नारा जुलुसमा सहभागी भएको, नाचगान गरेको भन्दै निर्वाचन ऐन र आचारसंहिता अनुसार कारबाही गर्न माग गरेका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ परिच्छेद ३ दफा (ञ) मा पदबाट राजीनामा नदिई कुनै दलको वा उम्मेदवारको चुनावी कार्यक्रममा सहभागी हुन नपाइने उल्लेख छ । तर घिमिरेले भने सरकारका मन्त्रीहरूले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका थिए ।

तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले घिमिरेविरुद्ध उजुरी परेकाले स्पष्टीकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।

हेर्नुहोस् उजुरी

Tags :
प्रतिक्रिया दिनुहोस