राप्रपाको वडा कार्यालय तथा उम्मेदवारको घरमा आगजनी गर्नेलाई कारबाही गर्न माग « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राप्रपाको वडा कार्यालय तथा उम्मेदवारको घरमा आगजनी गर्नेलाई कारबाही गर्न माग


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ ।

राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो ।

शनिवार एक विज्ञप्ति जारी गर्दै तत्काल सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस