भक्तपुरमा बिस्केट जात्राको रथले चेपिएर एक जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भक्तपुरमा बिस्केट जात्राको रथले चेपिएर एक जनाको मृत्यु


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ ।

बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने चार बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका–५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस