काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । बङ्गलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित भएको थियो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ ।