एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) केन्द्रीय कार्यालयमा पदबहाली गर्ने भएका छन् ।

एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले आज दिउँसो १ बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेले नवनिर्वाचित नेताहरुको कार्य विभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुङ्ग्याउन मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस