कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

आज (बुधबार) प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

विपक्षी नेकपा (एमाले) सांसद अनुपस्थित रहेको प्रदेशसभामा उपस्थित २२ सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे।

मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस