एमाले महाधिवेशनकाे मतदान सुरु भयाे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले महाधिवेशनकाे मतदान सुरु भयाे


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तरगत मतदान सुरु भएको छ ।

बिहान ४ बजेबाट मतदान सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि भोटिङ सुरु भएको हो ।

अध्यक्षका उमेदवार भिम रावलले पनि मतदान गरिसकेका छन् । विष्णु पौडेलले पनि मतदान गरिसकेका छन् । राति २ बजेबाट मतदान सुरु हुने भनिए पनि ४ बजेबाट सुरु भएको हो ।

विद्युतीय प्रक्रियाबाट मतदान भइरहेको छ । ओलीसहित केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । सर्वसम्मतीको प्रयास असफल भएपछि नेतृत्त्व चयनका लागि मतदान सुरु भएको हो ।

खुला सदस्यतर्फ १०५ जनाको उम्मेदवारी परेको छ । जहाँबाट ८४ जना निर्वाचित हुनेछन् ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवार छन् ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस