एनआरएनको निर्वाचन डिसेम्बर १५ मा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनआरएनको निर्वाचन डिसेम्बर १५ मा


४ मंसिर २०७८, शनिबार


काठमाडौँ । गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर १५ मा हुने भएको छ।

प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

विश्वज्ञान सम्मेलन डिसेम्बर १९ र २० मा हुने भएको हो। आगामी चुनावमा तीन समूह प्रतिस्पर्धामा छन्। उपाध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल आचार्य प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

विवाद परराष्ट मन्त्रालयमा पुगेको थियो। मन्त्रालयले पटकपटक पत्राचार गरी विवाद टुङ्गोमा पुर्याएर चुनाव गर्न निर्देशन दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस