कास्की, तनहुँ र दाङको पहिरोबारे गृहमन्त्रीले लिए जानकारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कास्की, तनहुँ र दाङको पहिरोबारे गृहमन्त्रीले लिए जानकारी


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी पहिरो र बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् ।

कास्कीका प्रजिअ थानेश्वर गौतम, तनहुँका प्रजिअ सागर अधिकारी, दाङका प्रजिअ रामबहादुर कुरूवाङसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले विभिन्न घटनामा भएको क्षतिबारे जानकारी लिएका हुन्।

गृहमन्त्री खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन्।

तनहुँको भानु नगरपालिका ११ मानेचौकामा सुख्खा पहिरो गएको थियो। यहाँ १२ घर जोखिममा परेको छ। उनीहरूलाई अस्थायी टहरा बनाउने काम भइरहेको छ।

कास्कीको पोखरा महानगर २० र ११ मा पहिरो गएको छ। पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। यसबारे पनि गृहमन्त्री खाँणले जानकारी लिएका छन्।

दाङको सिस्ने खोलामा बाढीले कार बगाउँदा चार जनाको मृत्यु एक जना बेपत्ता भएका थिए। विभिन्न जिल्लामा भए गरेका प्राकृतिक विपद्का घटनाबारे गृहमन्त्री खाँणले प्रजिअहरूसँग जानकारी लिने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस