निर्वाचन आयोगले संसद् सचिवालयमा पठायो दुई नयाँ दल दर्ताको पत्र « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आयोगले संसद् सचिवालयमा पठायो दुई नयाँ दल दर्ताको पत्र


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएको छ ।

निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एकीकृत समाजवादी)र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् ।

दुवै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएका थिए । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो । दुबै दललाई निर्वाचन आयोगले भदौ ९ गते मान्यता दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस