पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा प्रदर्शन गरियो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा प्रदर्शन गरियो


८ भाद्र २०७८, मंगलबार


जनकपुरधाम । मंगलबार जनकपुरधाममा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरिएको छ ।

एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री देउवा विरुद्ध चर्को नाराबाजी पनि गरेका छन् ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य जानी खानले मूल्यवृद्धिले जनता झन् मारमा पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनले मूल्यवृद्धि फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस