कुनै आशाको त्यान्द्रो पनि देखिएन आज
कसलाई भन्नु के भन्नु आफ्नै घरको लाज
जताततै निराशाको अँध्यारो देखिन्छ
अँध्यारोको इतिहास खै भोलि के लेखिन्छ
पुर्खाको यो विरासत पशुपतिले थामी
लाक्षी मात्र भएछौ कि वर्तमानका हामी
म गर्छु हामी गर्छौँ भन्ने सोच खै आको
अरूको नै भरमा परी युवा बा भई गाको
एक पुस्ताले जग हाले भोलि पूर्ण हुन्थ्यो
एकता नै बल सम्झे राष्ट्र राज्य बन्थ्यो
सधैँ भरी इतिहास र व्यवस्थालाई दोष
हे युवा हो! कहिले होला तिमीलाई आउने होस
बाँच्नका लागि खाने हो कि खानका लागि बाँच्ने
आयो बेला इतिहासले तिम्रो हाम्रो क्षमता जाँच्ने
स्वार्थ भन्दा माथि उठेको कोही छौ कि आज
सबैलाई समेटी राख्न सक्ने मातृभूमिको लाज
नेपाल ले खोजेको छ यस्तै युवा आज
उनैलाई नेता मानी हिँड्थे पहिर्याई ताज।