काठमाडौँ । स्थानीय प्रशासनले निषेधाज्ञालाई प्रभावकारी बनाउने क्रममा किराना पसल, डिपार्टमेन्ट स्टोरलगायत बन्द रहँदा आवश्यक पर्ने दाल, चामल, नुन, तेल जस्ता अत्यावश्यकीय खाद्य वस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निःशुल्क उपभोक्ताको घरमा पुर्याउने भएको छ ।
कम्पनीले बिहीबार (आज) एक विज्ञप्ति जारी गर्दै उपत्यकाको चक्रपथ भित्र र बाहिर (एक किलो मिटरसम्म मोटर बाटो भएको स्थानसम्म) दाल, चामल, नुन, तेललगायत अत्यावश्यक वस्तुहरू निशुल्करुपमा उपभोक्ताको घर दैलोमा पुर्याउने सेवालाई निरन्तरता दिने जनाएको हो ।
कोही कसैलाई खाद्यान्नको अभाव भएमा कम्पनीले सम्पर्क व्यक्तिहरूलाई जानकारी गराउनसमेत भनेको छ ।