एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ। सत्तारुढ नेकपा एमालेले दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिए ।

कर्यातालिकामा आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यताहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने रहेको छ ।

विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले मन लाग्यो त्यही बेला हुँदै आएकोमा यसपटक भने यो प्रचलनलाई अन्त्य गर्दै एकरुपता ल्याउने कोसिसका साथ सबै अधिवेशनहरु एकै समयमा गर्ने कार्यतालिका रहेको छ।

आगामी भदौ ५ गतेदेखि शाखा अधिवेशन सुरु हुनेछ । सबै अधिवेशनहरु दशौँ महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण हुनेछ ।

वैशाख ६, १० र १२ गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो। उक्त बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरिएका हुन्। अन्तरपार्टी निर्देशनमा महाधिवेश कार्यतालिका उल्लेख गरिएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस