आइतबार साँझदेखि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आइतबार साँझदेखि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने


४ बैशाख २०७८, शनिबार


नेपाल-भारत सीमामा एसएसबीको कडाइ

धनगढी । भोली (आइतबार) साँझदेखि नेपाल-भारत सीमा गौरीफन्टा नाका ३२ घण्टाका लागि सिल हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा सिल हुने भएको हो।

त्यहाँ हुने पञ्चायत चुनावको लागि आइतबार बेलुका ४ बजेदेखि सोमबार राति १२ बजेसम्म नाका गौरीफन्टा नाका पूर्णरूपले बन्द रहने कैलाली र कञ्चनपुर दुवै जिल्लाका प्रशासनले जनाएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भारतमा हुने चुनावका बेला बोर्डर सिल गर्ने विषयमा सहमति भएको बताए।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले १८ अप्रिल बेलुका ४ बजेदेखि १९ अप्रिल राति १२ बजेसम्म सीमा सिल हुने बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस