प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा पक्राउ


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासि हातपात गरेपश्चात् उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस