विप्लवको सुरक्षामा गृहले पठायो इन्स्पेक्टरसहित १० जना प्रहरी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विप्लवको सुरक्षामा गृहले पठायो इन्स्पेक्टरसहित १० जना प्रहरी


प्रशासन संवाददाता

२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जना प्रहरीको टोली खटाएको छ।

विप्लव राजनीतिको मुलधारमा आएसँगै उनलाई मन्त्रालयको निर्देशन अनुसार सुरक्षा दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्।

प्रजिअ पराजुलीका अनुसार विप्लव भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आएकाले त्यसैले सुरक्षा दिएको हो ।

विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए ।

काठमाडौँको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको छ। विप्लव काठमाडौँको सामाखुसीस्थित एक घरमा बस्दै आएका छन्। उनी केही दिनयता उपत्यकाबाहिर छन्।

Tags :
प्रतिक्रिया दिनुहोस