प्रधानमन्त्री र राष्ट्रपतिबिच दुई घण्टा छलफल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री र राष्ट्रपतिबिच दुई घण्टा छलफल


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। शनिवार दिउँसो ५ बजेतिर शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीसहित निकटस्थ केही नेताहरूसमेत भेटमा सहभागी रहेका थिए । के के छलफल भयो भन्ने केही बाहिर नआए पनि प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा कुराकानी गरेको बुझिएको छ ।

पार्टीभित्र अप्ठेरो पर्दा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन्। यसअघि पनि पार्टीमा विवाद हुँदा प्रचण्ड र ओलीले राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेका थिए।

शुक्रवार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदानप्रदानका शृङ्खला सार्वजनिक भएसँगै विवाद उत्कर्षमा पुगेको छ । सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भए पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेपछि थप चरम उत्कर्षमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस