नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

काभ्रेपलान्चोकको सीमा क्षेत्र भक्तपुरको सूर्य विनायक नगरपालिका-१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबिच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताए ।

उनले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उनको धारणा थियो ।

जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यमशीलताका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गरी रोजगारी सृजना गर्न सके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस