स्वास्थ्यकर्मीको व्यथा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यकर्मीको व्यथा


२७ भाद्र २०७७, शनिबार


मानव सेवा नै धर्म
भावले ओतप्रोत मेरा
जीवनका कर्महरू,
यात्राहरू,
प्रेम, सद्भाव, मधुर बोली, सहयोग
मनका चाहानाहरू
तछाड मछाड गर्दे उर्लिन्छ
सारा चाहनाहरूलाई आहुति दिँदै
हर क्षण अरूकै जीवन
रक्षामा खटिइरहने दिनचर्या,
अरूलाई सुख, आनन्द, खुसी र
शीतलता भरी ओठमा लाली पोत्न
खोज्ने मेरो मन
रातभर जागा बसी
भोक, प्यास, निद्रा भुली
सेवामा समर्पित जीवन
उफ् ! सन्तानलाई माया दिनु,
परिवारमा खुसी भर्ने चाहाना अधुरो राखी
हरपल पहरेदारी भई
अरूकै जीवन बचाउने अभिलाषा
घण्टौँ घण्टासम्म
सङ्क्रमित बिरामीहरूको रोगसँग कुनै
प्रवाह नगरी
केवल तिम्रा आँखामा
सुनौलो बिहानी ल्याउने चाहानामा
म खटिरहे निरन्तर
दिन र रातको कुनै प्रवाह गरिन
तिम्रो मृत्युसँग लडिरहे
यमराजलाई तिमीसँग छुटाई
तिम्रो पुनर्जीवनको गोरेटोमा
ल्याइदिए ।

परिणाम स्वयं म सङ्क्रमित भए
आज दुनियाँकै नजरमा छि छि र दुरदुर भए
टोल निकाला हुनु पर्‍यो ।
मेरो कर्मको फूल
तुसारापातले
पत्र पत्र निमोठी निमोठी झार्‍यो ।
फेरी फर्किन नसक्ने गरी ।
तिम्रो आँखामा लाली पोत्ने फुल
अब कदापि फुल्ने छैन ।
फुलेछ भने पनि टिप्न नसक्ने काँडा बनी
विझाउँने बनायौँ ।
तिम्रा हात र मनहरूले,
नभुल बुद्ध भूमि
नभुल मानव धर्म ।
भावनाका बारुद र गोलाहरूले
आत्मघाती बमहरू बारुद बनेर निमेषमै
पड्कन सक्दछ,
होसियार बन बिन्ती होसियार बन ।

Tags :
प्रतिक्रिया दिनुहोस