वीरगन्जका निजी अस्पतालका डाक्टरको काममा नजाने निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वीरगन्जका निजी अस्पतालका डाक्टरको काममा नजाने निर्णय


८ भाद्र २०७७, सोमबार


वीरगन्ज । वीरगन्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबिबिएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् ।

५ बुँदे माग पूरा नभएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा नजाने निर्णय गरेका हुन् ।

यसअघि उनीहरू आबद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरेको उनीहरूले बताएका छन् ।

उनीहरूले यसअघि न्यूनतम तलब ६५ हजार कायम गर्नुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गरिदिनुपर्ने, काम गरिसकेपछि क्वारेन्टिन बस्नका लागि अस्पतालले नै व्यवस्था गरिदिनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री(पीपीई) उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरूले राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस