सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन


२ असार २०७७, मंगलबार


काठमाडौं । क्यान्सर रोगका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।

३९ वर्षीय अध्यक्ष शेर्पाको ३९ वर्षकै उमेरमा क्यान्सरका कारण मंगलबार निधन भएको हो ।

शेर्पा काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए । उनी आन्द्रको क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक क्यान्सपीडित शेर्पाको अवस्थामा सुधार नभएपछि अस्पतालबाट चिकित्सकको सल्लाहमा घर फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

प्रतिक्रिया दिनुहोस