कालापानी दुखेकोछ लिपुलेक दुखेको छ
यो मुद्दामा पटक पटक सिंहदरबार चुकेको छ ।
गोर्खालीको छोरो भन्दा ठाडो हुने मेरो शिर
दुखद कुरा आफ्नैदेशको सिमानामा झुकेको छ ।
डाडु पनिउँ हातमा हुँदा कसले कति कति गर्यो
जवाफ दिनुपर्छ त्यसले जसले धेरै भुकेको छ ।
एक अर्कालाई आरोप नलाई सबै पक्ष एक होऔँ
बिर्सिदिऊँ कहाँ कसको कति स्वार्थ लुकेको छ ।
आत्मनिर्भर भैयो भने कोही कसैले हेप्ने छैन
छरिएला पैला बाँधाै हाम्रो थैलो फुकेको छ ।