अध्यादेश खारेजपछि साविकको व्यवस्था जगाउने अर्को अध्यादेश ल्याइदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अध्यादेश खारेजपछि साविकको व्यवस्था जगाउने अर्को अध्यादेश ल्याइदै


२५ बैशाख २०७७, बिहिबार


विकास र समृद्धि

काठमाडौँ । संघीय संसदको वर्षे अधिवेशन सुरु हुने पहिलो दिन शुक्रबार राष्ट्रिय सभामा अध्यादेश खारेज गरी ऐनको पुरानै व्यवस्था जगाउनेसम्बन्धी अध्यादेश पेश गर्ने तयारी भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसदले जनाएको छ ।

सरकारले केही समयअघि राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी छुट्टाछुट्टै दुई अध्यादेश ल्याएको थियो । तर, चर्को आलोचना भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले दुबै अध्यादेश खारेज गरेकी थिइन् ।

अध्यादेश खारेज भएसँगै संशोधन गरिएका साविकका कानुनका व्यवस्था समेत खारेज भएसँगै सरकारले खारेज भएको ऐनका साविकको व्यवस्था जगाउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको हो ।

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस