गजल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गजल


१४ फाल्गुन २०७३, शनिबार


रसातलको भुमरीमा भासिएछ देश यहाँ
उन्नति र सुशासनको बाँकी छैन लेस यहाँ

सत्तालोलुप, भ्रष्टाचारको खेती मौलाउँदै गाछ
अकर्मण्य गुटवन्दीको खेलिराछन् चेस यहाँ

कुरीति र कुसंस्कारको अन्धो सिकाइ बढ्दै जाँदा
कहीं कतै भेटिदैन नेपालीको भेष यहाँ

अपराधी भ्रष्टाचारी खुलेआम हिंड्ने देशमा
राम्रो काम गर्नेलाई कसले दिन्छ जस यहाँ

देश खोत्रो भइसक्यो नेपाल आमा रोइराछिन्
उनै नेता उही नियम केही छैन विशेष यहाँ

प्रतिक्रिया दिनुहोस