घोडे जात्रा समारोहमा विशिष्ट तथा पाहुना नबोलाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घोडे जात्रा समारोहमा विशिष्ट तथा पाहुना नबोलाइने


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण प्रस्तुतिका साथ आयोजना गर्दै आएको घोडे जात्रा समारोह यस पटक सीमित व्यक्तिहरूमात्र सामेल गरेर आन्तरिक रूपमा गर्ने भएको छ ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारण चैत ११ मा पर्ने उक्त घोडेजात्रा समारोह सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रूपमा सीमित व्यक्तिहरूको उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तीमार्फत् जानकारी दिएको हो।

सेनाका अनुसार यस वर्ष समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरूलाई सहभागी नगराउने निर्णय गरिएको हो।

हाल विश्वका विभिन्न राष्ट्रहरूमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाइरसको जोखिमलाई मध्ये नजर गरी यस वर्षको घोडे जात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरूलाई सहभागी नगराउने निर्णय गरिएको हो, जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस