राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


२८ माघ २०७३, शुक्रबार


दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं. १ र ३ मा सुरु भएको छ । क्षेत्र नं. ३ मा आयोजित प्रतियोगिताको सांसद टुकराज सिग्देल, धु्रव वाग्ले र आशा कोइरालाले सय मिटर दौडेर संयुक्तरुपमा उद्घाटन  गरेका थिए ।

सो प्रतियोगितामा १९ वटा विद्यालयका दुईसय ५० जना विद्यार्थीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मनिराज थापा, जनज्योति माविका प्रधानाध्यापक गणेश सुवेदी, सोही विद्यालयका अध्यक्ष पुष्प पराजुली लगायतले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताए ।

यसैबीच, क्षेत्र नं १ मा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले उद्घाटन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस