विश्वकप छनोट : नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विश्वकप छनोट : नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल


२३ आश्विन २०७६, बिहिबार


काठमाडौं ।  विश्वकप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल अस्ट्रेलियासँग  ५–० गोलले पराजित भएको छ।

बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।

उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।

एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।

निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।

नेपालका गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस