चितवन । चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । वाण्ज्यि बैंकमा सोमबार बिहान आगो लागेको हो भने लायन्स भवनमा गएराति आगो लागेको हो ।
चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बिहान भएको आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
बैंकको पहिलो तलाबाट आगो लागेको थियो । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट क्षतिको यकिन विवरण भने नखुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आगलागी भएको छ ।
गएराति भएको आगलागीबाट भुइँतलामा रहेको मोबाइल पसल जलेको प्रहरीले जनाएको छ ।
आगो भरतपुर महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।
क्षतिको विवरण भने एकिन भएको छैन ।