प्रदेश २ मा २७ गते इदको सार्वजनिक विदा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश २ मा २७ गते इदको सार्वजनिक विदा


२६ श्रावण २०७६, आइतबार


पर्सा । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सार्वजनिक विदाको जानकारी दिएका छन् ।

उनले शुभकामना सन्देश दिँदै इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना समेत गरेका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस