गजल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गजल


२५ फाल्गुन २०७५, शनिबार


कति छ हाम्रो सम्बन्धको दुरी नापेर देखाऊ।
मेरो मुटुमा चोट लागेको छ जाँचेर देखाऊ।

तिम्रो मनमा बस्दा, तिमीलाई बुझ्नै सकिन
फर्किन्न कैलेई असली रूप एक फेर देखाऊ।

मान्छेहरू आफ्नै शरीर तौलिँदै हिँड्छन्
मैले त घाइते मुटु दिएँ अब जोखेर देखाऊ।

कुनै कुनै प्रश्नको उत्तर चाहिन्छ मलाई नि
मौन नबसिदेउ प्रिये तिमी बोलेर देखाऊ।

हरेक गजलमा तिमीलाई उतार्दै आएको छु
बरु, अन्तिम शेरमा नजर लगाएर देखाऊ।

प्रतिक्रिया दिनुहोस