राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका छन् ।

यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदैछ । सोही निर्वाचनमा सेना परिचालनका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस