डढेलो निभाउन गएको दमकल जलेर पूर्ण रूपमा क्षति « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

डढेलो निभाउन गएको दमकल जलेर पूर्ण रूपमा क्षति


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ। डढेलो निभाउन जाँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेर पूर्ण रूपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार बुधबार दिउँसो नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो ।

तिलोत्तमा-८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रूपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस