गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न सूचना जारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न सूचना जारी


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । काठमाडौँको केशरमहलस्थित स्वप्न बगैँचा (गार्डेन अफ ड्रिम्स) मा क्याफे सञ्चालन गर्ने व्यवसायीबाट भाडाबापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ ।

क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलबार एक सूचना जारी गरेको छ । उक्त सूचनामा क्याफे सञ्चालक द्वारिकाजलाई ५ दिनभित्र रकम तिर्न म्याद दिइएको छ ।

स्वप्न बगैँचामा क्याफे चलाउन समिति र द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिबीच २२ माघ ०७२ मा ५ वर्षसम्मका लागि सम्झौता भएको थियो । समितिका एक कर्मचारीका अनुसार द द्वारिकाजले समितिसँग मासिक ११ लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

सम्झौताको अवधि ०७७ सालमै सकिएको छ भने त्यहाँ क्याफे चलाउन अर्को कम्पनीले ठेक्का पाइसकेको छ । ती कर्मचारीका अनुसार द्वारिकाजले १० महिनाको भाडा बुझाउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस