युएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

युएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहित पौडेललाई पनि गुमाएको छ ।

नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ३८ रन जोडेको छ। रोहितले १८ बल खेल्दै केवल ५ रन जोडे।

रोहितले सन्दीप जोराले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेलले रन जोड्न सकेनन् भने आसिफ शेखले ८ रन बनाए। नेपालले ११ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस