कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव टेबल, राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव टेबल, राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ। नेकपा एमाले र माओवादीले कोशी प्रदेश सभा सचिवालयमा पेस भएको सङ्कल्प प्रस्ताव प्रदेश सभामा टेबल भएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभा समक्ष पेश गरेका हुन । उनले प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेश गर्दै संसदको सर्वोच्चता देखाउन सङ्कल्प प्रस्ताव पेश भएको बताए । उनले सङ्कल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसदको विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने बताए ।

उनले सरकारलाई विशेष निर्देशन गर्नका लागि सङ्कल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताए । उनले असोज २७ गते एमालेका ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले उनलाई समर्थन र विश्वासको मत दिन नसकेको बताए ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताए ।

उनले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए । उनले अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस