गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउन आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउन आदेश


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलमा सुनुवाइ भएको हो । दुई जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गरेका थिए ।

गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएका छन् । साथै २०७५-०९-१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

आदेशमा लेखिएको छ, ‘‘।गौशाला २६ ले जन्ममिति २०६२-०२-१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९-०३-१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

Tags :
प्रतिक्रिया दिनुहोस