छिचोलियो नागढुंगा सुरुङ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

छिचोलियो नागढुंगा सुरुङ


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नागढुंगा-नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ सोमबार छिचोलिएको छ। जापानी संस्कृति र नेपाली पक्षले हिन्दु परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरिएको हो। २ हजार ६ सय ८८ लम्बाइको सुरुङमध्ये दुई मिटर खन्न बाँकी थियो। सोमबार दुई मिटर सुरुङ खनेर ब्रेक थ्रु गरिएको छ।

गत वर्ष फागुनमै सुरुङ खनिसक्ने योजना थियो। तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो।

यो सुरुङले काठमाडौँतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौँ बलुम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला-बलम्बु दूरी ५ किमी हुन्छ। सिस्नेखोला-बलम्बु जोड्ने सुरुङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो।

दूरीका हिसाबले सुरुङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरुङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा छ।

Tags :
प्रतिक्रिया दिनुहोस