अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु


३ बैशाख २०८१, सोमबार


काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको मृत्यु भएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ । 

२५० भन्दा धेरै पशुको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा अफगानिस्तान ३३ र पाकिस्तानका २४ जना भएको बताइएको छ । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ । दुवै देशका मौसम विभागका अनुसार आगामी दिनमा पनि भारी वर्षाको सम्भावना छ ।

बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्तहरू प्रभावित भएको तालिवानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बताएका छन् । बाढीका कारण झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा पनि क्षति पुगेको छ । 

सबैभन्दा बढी क्षति पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्धार प्रान्तमा भएको छ । आगामी दिनमा अफगानिस्तानका ३४ प्रान्तमध्ये अधिकांश क्षेत्रमा व्यापक वर्षा हुने चेतावनी मौसम विभागले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस