पाँच जना सचिवको सरुवा(नामावलीसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाँच जना सचिवको सरुवा(नामावलीसहित)


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहीका अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ । 

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । 

उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मुकुन्द प्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याउँदै त्यहाँका सचिव विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुर्‍याइएको छ । यसअघि सिंहको युवा तथा खेलकुदमा सरुवा गर्ने भनिए पनि पछि आयोगमा गरिएको हो । 

सम्बन्धित समाचार : केही सचिवको सरुवा, सामान्यमा निरौला 

अब केहीबेरमा पत्र तयार हुँदैछ ।

सचिव सरुवा व्यवस्थित गर्न नसक्दा पटक पटक उल्झन आउने गरेका छन् । दुई साता अघि गरिएको सचिवहरूको सरुवामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(उद्योग)बाट उपराष्ट्रपति कार्यालय पुगेका निरौला सिंहदरवारमै भित्रिएका छन् ।

सम्बन्धित समाचार : ठूलो संख्यामा सचिवहरूको सरुवा, हेर्नुहोस् को कहाँ ? 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका केही सिनियर सचिवहरूलाई पहिलो लटमा मिलाउन नसकेपछि छुटछुटरुपमा दोस्रो लटमा प्रयास गरिए पनि त्यो पनि विफल भएसँगै शुक्रवार निर्णय गरिएको थियो । र, आइतबार सार्वजनिक गरिने सूचीमै नाम राखेर व्यवस्थापन गरिएको छ । 

सम्बन्धित समाचार : थप दुई सचिवको सरुवा : दुईले पाए कामु, अझै दुई जना व्यवस्थापनकै क्रममा 

पछिल्लो दुई लट सरुवा हुँदा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक वरिष्ठ सचिवको भने अझै मिलान गर्न सकिएको छैन । त्यसैगरी केही सचिवहरू प्रदेशबाट सङ्घतिर आउने लाइनमा रहेका छन् । अबको बढुवामा यीसमेत मिलान प्रशासन स्रोत बताउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस