‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाले पनि दियो सहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाले पनि दियो सहमति


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । विधेयकका सम्बन्धका प्रतिनिधि सभाबाट भएको संशोधन’ लाई राष्ट्रियसभाले पनि सहमति जनाएको हो । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभामा सहमतिका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सांसदहरूले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक आउँदो वैशाख ४ गते मङ्गलवार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस