बाल विकास सहजकर्ताविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाल विकास सहजकर्ताविरुद्ध मुद्दा दायर


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध मुद्दा दायर गरेको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहजकर्ता पुनम देवी कुर्मीविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । कुर्मीले भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २०६६ साल असार १२ गते नियुक्ति लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना माग गर्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस