काँग्रेसको नियत ठिक छैन, सत्ता समीकरण बिगार्न मात्रै विरोध गरिरहेको छ : विष्णु पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसको नियत ठिक छैन, सत्ता समीकरण बिगार्न मात्रै विरोध गरिरहेको छ : विष्णु पौडेल


२९ चैत्र २०८०, बिहिबार


बलेवा (बागलुङ) । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे ।  

एमाले बागलुङको १०औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताए। गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उनको भनाइ थियो । 

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । गृह मन्त्रीलाई राजीनामा गराउने र वर्तमान समीकरणमा प्वाल पारेर आफू सत्तामा आउनकै लागि नेपाली काँग्रेसले संसदीय समितिको माग गरेको उनको भनाइ थियो । राज्यका निकायहरूले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उनले बताए ।

“छानबिन नगर्ने भन्ने होइन, सत्ताबाट प्रतिपक्षमा पुगेको काँग्रेसको नियत ठिक छैन, उसले सत्ता समीकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भने, “संसद्को समय दुरुपयोगको काममा मात्रै काँग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समीकरण लामो सयौँ टिक्ने भन्दै उनले अहिलेको समीकरण बिगार्न लागेकाप्रति एमाले सचेत रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस