विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको ओलीको दाबी   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको ओलीको दाबी  


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अब ओरालो नलाग्ने बताएका छन् । 

ताप्लेजुङ सदरमुकाम फुङलिङमा एमाले पार्टी कार्यालयको उद्‌घाटनपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको पनि दाबी गरे । उनले एमाले कार्यकर्तालाई मिसन ८४ लाई तीव्र गतिमा बढाउन पनि निर्देशन दिए । 

एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको, विकास, समृद्धि र सुशासनमा समस्या देखिन थालेको दाबी गर्दै यस्ता समस्या धेरै दिन आउन हुन्न भनेर गठबन्धन तोडेर नयाँ समीकरण बनाएको उनले बताए । अहिलेको गठबन्धन समिकरणमात्रै भएको उनको कथन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस