साढे दुई खर्बले घट्यो मुद्दती निक्षेप  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साढे दुई खर्बले घट्यो मुद्दती निक्षेप 


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कम अवधिको मुद्दती निक्षेपमा प्राथमिकता दिन छाडेसँगै यस्तो अवधिको निक्षेप उच्च दरले घटेको छ । विगत १० महिनाको अवधिमा ३ देखि १२ महिने अवधिको मुद्दती निक्षेप २ खर्ब ६९ अर्ब ४२ करोड रुपैयाँले घटेको हो। 

गत वैशाखमा वाणिज्य बैंकहरूले ३ देखि ६ महिना अवधिको ६ खर्ब २१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका थिए। गत फागुनमा आइपुग्दा यस्तो निक्षेप १२ प्रतिशतले घटेर ५ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको हो। 

त्यस्तै, गत जेठमा बैंकहरूले ६ देखि १२ महिना अवधिको १० खर्ब ३० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गरेका थिए। फागुनमा आइपुग्दा यस्तो निक्षेप १८.७० प्रतिशतले घटेर ८ खर्ब ३७ अर्ब रुपैयाँमा सीमित भएको छ। 

पछिल्लो समय निक्षेप बढ्ने तर कर्जा लगानीमा अपेक्षित सुधार हुन छाडेपछि बैंकहरूले कम अवधिको निक्षेपलाई कम प्राथमिकतामा राखेका हुन्। बैंकलाई स्रोतको खाँचो पर्दा बढ्दा उनीहरूले यस्तो निक्षेपलाई प्राथमिकतामा राख्ने गरेका छन् भने स्रोत पर्याप्त हुँदा निरुत्साहित गर्छन्। 

यही कारण पुँजी आवश्यकता हुँदा सबैभन्दा धेरै व्याज यस्तै निक्षेपलाई दिने गरेको थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस