डेढ लाख रुपैयाँ घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डेढ लाख रुपैयाँ घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख रुपैयाँ घुससहित पोखराबाट सब-इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई नियन्त्रणमा लिएको हो ।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिने नाममा लिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय पोखराका प्रमुख आस्मान तामाङले बताए ।

तामाङका अनुसार अख्तियारले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस