निलम्बन फुकुवा माग गर्दै संसद् सचिवालयमा सांसद गुरुङले दिए निवेदन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निलम्बन फुकुवा माग गर्दै संसद् सचिवालयमा सांसद गुरुङले दिए निवेदन


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ। काँग्रेस सांसद टेकबहादुर गुरुङले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन् ।

सर्वोच्च अदालतको आदेशसहित निलम्बन फुकुवाको माग गर्दै निवेदन आएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गुरुङले संसद् बैठकमा सहभागिता जनाउन पाऊ र सेवा सुविधा सुचारु गर्न समेत अपिल गरेका छन् ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले चैत १६ गते गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस