राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरवारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’

उनले प्रदर्शनमा सहभागीहरूलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस