४० बुँदे मागसहित काठमाडौँमा राप्रपाको प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

४० बुँदे मागसहित काठमाडौँमा राप्रपाको प्रदर्शन


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शन काठमाडौँमा सुरु भएको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको थियो ।

राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौँमा जनप्रदर्शन थालेको हो। जनप्रदर्शनमा काठमाडौँका दर्जनौँ स्थानबाट जुलुस निस्कन थालेको राप्रपाका एक नेताले जानकारी दिए । उनका अनुसार ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागिता रहनेछन्।

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँ परिक्रमा गर्ने र सभा गर्ने कार्यसूची छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्।

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ। आफूहरूलाई रोक्न खोजे प्रतिवाद गर्ने चेतावनी यसअघि नै राप्रपा अध्यक्ष लिङ्देनले दिइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस